ला लिगा: ओसासुनासँग गोलरहित बराबरीमा रोकियो रियल मड्रिड…

ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेको छ । साविक बिजेता रियल शनिबार राति भएको खेलमा ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल अंक बाड्न बाध्य भयो ।

बल पोजिसनमा एकतर्फी पकड जमाए पनि रियलका फरवार्डले गोल गर्न सकेनन् । यता, घरेलु टोलीका खेलाडीले पनि केहि उत्कृष्ट अवसरलाई गोलमा बदल्न सकेनन् । बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE