ला लिगा: गेटाफेमाथि एटलेटिको मड्रिडको १-० गोलको जित,लिग तालिका अग्रतामा कायमै…

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले गेटाफेमाथि जित निकेलेको छ। स्टेडियो वन्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली एटलेटिको मड्रिड गेटाफेमाथि १-० गोलअन्तरले जित निकालेको हो। एट्लेटिकोको जितमा लुइस स्वारेजले निर्णायक गोल गरे। उनले याननिक कर्रास्कोको पासमा खेलको २० औं मिनेटमा गोल गरेका थिए।

गएरातिको खेलसँगै एट्लेटिको मड्रिडले अंकतालिकामा  २ अंकको अग्रता बनाएको छ। १४ खेल खेलेको एटलेटिकोले ३५ अंक बनाउँदै शीर्ष स्थानमा छ भने १६ खेलबाट ३३ अंक जोडेको रियल मड्रिड तालिकाको दोस्रो स्थानमा छ।

WRITE COMMENTS FOR THIS ARTICLE