ला लिगा: ग्रानाडामाथि बार्सिलोनाको सहज जित ,मेस्सीको दुई गोल…

ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई ८ खेल पुर्याउँदै ग्रानाडामाथि सहज जित हासिल गरेको छ । कप्तान लियोनेल मेस्सी र एन्टोनी ग्रिजमानको दुई–दुई गोलको मद्दतले बार्साले १० खेलाडीमा सिमित ग्रनाडामाथि ४–० को सहज जित हासिल गरेको हो ।

खेलको १२ औँ मिनेटमा ग्रिजमानले बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३५ औँ र ४२ औँ मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनाको अग्रता फराकिलो बनाए । दुई गोलसँगै यो सिजन मेस्सीको व्यक्तिगत गोल संख्या ११ पुगेको छ । उनी ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । दोस्रो हाफमा ग्रिजमानले अर्को गोल गर्दै बार्साको सहज जीत सुनिश्चित गरे । ग्रानाडाका जिसुस भालेहोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सिमित बनेको थियो ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE