ला लिगा: ग्रानाडामाथि रियल मड्रिडको २-० गोलको सहज जित…

स्पेनिस लालिगा फुटबलमा साविक विजेता रियल मड्रिडले जीत हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियलले ग्रानाडालाई २-० ले हराएको हो । रियलको जीतमा करिम बेन्जेमा र क्यासेमिरोले १-१ गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५७औं मिनेटमा क्यासेमिरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा बेन्जेमाले गोल गरेपछि रियलको २-० को जीत सुनिश्चित भएको थियो । लालिगामा रियलको यो लगातार पाँचौ जीत हो । जीतसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ । गोलअन्तरका आधारमा रियल दोस्रोमै छ । रियलको १५ खेलबाट ३२ तथा एट्लेटिकोले दुई खेल कम खेल्दै ३२ अंक नै जोडेको छ । पराजित ग्रानाडा २१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE