ला लिगा: घरेलु मैदानमा काडिचसँग रियल मड्रिड पराजित…

स्पेनिस ला लिगा फुटबलमा सविकको विजेता रियल मड्रिड पराजित भएको छ । शनिबार भएको खेलमा रियल काडिचसँग १–० गोलले पराजित भएको हो । घरेलु मैदानमा रियलले काडिचसँग पहिलो पटक पराजित हुनु परेको हो । ला लिगा इतिहासमा रियल घरेलु मैदानमा काडिचसँग हालसम्म पराजित भएको थिएन ।

काडिचलाई जित दिलाउन एन्थोनी लोजानेले निर्णायक गोल गरे । उनले पहिलो हाफको १६ औं मिनेटमा गरेको गोलले नै काडिचलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल्यो । जितसँगै काडिच तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा ६ खेल खेलेको काडिच १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पराजित रियल ५ खेलबाट १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE