ला लिगा: बाराबरीमा रोकियो एट्लेटिको मड्रिड…

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले हुयस्कासँग गोलरहित बराबरी खेलेको हो । हुयस्काको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बराबरी खेल्दै एक–एक अंक बाड्न बाध्य भएको हो । भर्खरै मात्र बार्सिलोनाबाट एट्लेटिकोमा आएका लुईस सुआरेजले पनि आजको खेलमा त्यति प्रभाव जमाउन सकेनन् ।

एट्लेटिकोले हुयस्काको पोस्टमा हानेका १६ उत्कृष्ट सट गोलमा परिणत हुन सकेनन् । यता यो सिजन मात्र शीर्ष डिभिजनमा परेको हुयस्काले भने एट्लेटिकोविरुद्ध उत्कृष्ट प्रभाव जमाउन सफल भएको थियो ।

बराबरीसँगै एट्लेटिकोले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा ग्रानाडाविरुद्ध फराकिलो जित निकालेको एट्लेटिकोले दोस्रो खेलमा भने कमजोर प्रदर्शन गरेको थियो । यता ४ खेल खेलेको हुयस्काको तीन अंक रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE