ला लिगा: बार्सिलोनाको सुखद् सुरुवात…

स्पेनिश लिग फुटबलको नयाँ सिजनमा बार्सिलोनाले सुखद सुरुवात गरेको छ । बार्सिलोनाले आइतबार राति घरेलु मैदानमा भिल्लारियललाई ४–० गोल अन्तरले हरायो ।  बार्सिलोनाका जितमा अंशु फातीले उत्कृष्ट प्रर्दशन गरे । उनले दुई गोल गरे । उनी यसै सिजन पूर्णकालिन रुपमा सिनियर टिममा समावेश भएका हुन् ।

त्यसैगरी क्लबका मुख्य खेलाडी लियोनल मेस्सीले पेनाल्टीमा गोल गरे । प्रशिक्षक रोनाल्ड कोम्यानले सहज जित सहित ला लिगाको नयाँ सिजनको सुरुवात गरेका हुन् । तर मेस्सी र कोम्यानबीचको तालमेल भने मिलेको छैन ।

लुइस सुआरेजलाई गुमाएपछि मेस्सी सन्तुष्ट छैनन् ।  पहिलो हाफको अन्तिम मिनेटमा पाउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोना पहिलो हाफमै ४ गोलले अग्रता लिन सफल भयो ।  दोस्रो हाफमा गोल भएन । एउटा मात्र पहेंलो कार्ड भिल्लारियलका खेलाडी जेरार्ड मोरेनोले पाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE