ला लिगा: भ्यालेन्सियासँग बराबरीमा रोकियो बार्सिलोना…

स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेलेका छन् । गएराति बार्सिलोनाको मैदान क्याम्प नोउमा सम्पन्न खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बार्सिलोनाका लागि खेलको ४५+४ मिनेटमा लियोनल मेसीले तथा ५२ औं मिनेटमा रोनाल्ड अराउजोले गोल गरे भने भ्यालेन्सियाका लागि २९ औं मिनेटमा मोउक्टार डियाखाबीले र ६९ औं मिनेटमा गोमेज गान्जालेजले गोल गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE