ला लिगा: लगातार तेस्रो जित निकाल्ने योजनामा बार्सिलोना…

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (आइतबार) विभिन्‍न पाँच खेलहरु हुँदै छन् । आज हुने खेलमा बार्सिलोनाले सेभियासँग प्रतिस्पर्धा गर्दै छ । बार्सिलोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ ।

आजको खेलमा बार्सिलोना जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा तेस्रो खेल खेल्न लागेको बार्सिलोना यसअघिका दुई खेलमा जित निकाल्न सफल भएको थियो । त्यसैले आजको खेलमा पनि जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा छ ।

यता समान दुई खेल खेलिसकेको सेभियाले पनि यसअघिका दुई खेलमा सहज जित निकालेको छ । त्यसैले आजको खेलमा सेभिया बार्सिलोनालाई उसकै घरेलु मैदानमा चुनौती दिने योजनामा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE