ला लिगा: लेभान्टेलाई २–० गोल अन्तरले हराउदै शीर्ष स्थानमा…

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । आइतबार भएको खेलमा रियलले लेभान्टेलाई २–० गोल अन्तरले हराएको हो । लेभान्टेको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन भिनिसिउस जुनियर र करिम बेन्जिमाले एक–एक गोल गरे । खेलको १६ औँ मिनेटमा भिनिसिउसले गोल गर्दै सिटमलाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको हो । खेलको इन्ज्यूरी समयमा बेन्जिमाले गोल गर्दै रियलाई २–० गोलको जित दिलाए । जितसँगै लिगमा चार खेल खेलेको रियल १० अंक सहित तालिकाको शीर्ष स्थानमा छ । पराजित लेभान्टेको चार खेलबाट ३ अंक रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE