ला लिगा :सुखद सुरुवात गर्ने योजनामा रियल मड्रिड…

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (आइतबार) विभिन्‍न चार खेल हुँदै छन् । आज हुने खेलमा साबिकको विजेता रियल मड्रिडले सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचाको खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ ।

सोसिडाडको घरेलु मैदानमा रियल आजको खेलमा जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ । साबिक विजेताका हिसाबले पनि आजको खेलमा रियललाई जित्नैपर्ने दबाब छ । यता घरेलु मैदानमा हुने खेलमा सोसिडाड जित निकाल्ने योजनामा हुनेछ ।

आजै हुने अर्को खेलमा ग्रानाडाले आलाभेसँग प्रतिस्पर्धा गर्दै छ । घरेलु मैदानमा हुने खेलमा ग्रानाडा लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा ग्रानाडाले एथ्लेटिक क्लबलाई २-० गोल अन्तरले हराएको थियो । यता आलाभेस पनि आजको खेलमा जित निकाल्दै लिगमा पहिलो जित निकाल्ने योजनामा हुनेछ । आइतबारै हुने अर्को खेलमा रियल बेटिसले रियल भालाडोलिटसँग प्रतिस्पर्धा गर्दै छ । हुयस्काले काडिफसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE