ला लिगा: सेभियामाथि ग्रानाडाको संघर्षपूर्ण जित…

स्पेनिस ला लिगा फुटबलमा ग्रानाडाले संघर्षपूर्ण जित निकालेको छ । शनिबार भएको खेलमा ग्रानाडाले सेभियालाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा ग्रानाडालाई जित दिलाउन एन्जल हेरेराले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको ग्रानाडाले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो ।

सेभिया पहिलो हाफको इन्ज्यूरी समयमा १० खेलाडीमा सिमित भएको थियो । खेलको ८२ औँ मिनेटमा हेरेराले गोल गर्दै टिमलाई १–० गोलको जित दिलाउन सफल भए । जितसँगै ग्रानाडा ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । ४ खेलबाट ७ अंक रहेको सेभिया तालिकाको सातौं स्थनमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE