ला लिगा: सेल्टाभिगोसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड,सुआरेजको २ गोल…

ला लिगा फुटबल अन्तर्गा एट्लेटिको मड्रिड सेल्टाभिगोसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लुयस सुआरेजले दुई गोल गरे पनि एट्लेटिकोले सेल्टाभिगोसँग २(२ को बराबरी खेल्दै अक बाँडेको हो । खेलको १३औं मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टालाई पहिले अग्रता दिलाएका थिए । तर ४५औं मिनेटमा सुआरेजले गोल गर्दै पहिलो हाफमै खेल बराबरीमा ल्याए ।

५०औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २(१ को अग्रता दिलाएका थिए । एट्लेटिको जित नजिक पुगेका बेला सेल्टाले खेलको अन्त्यतिर बराबरी गोल फर्कायो । खेल सकिन एक मिनेट बाँकी छँदा फकुण्डो फेरेराले सल्टाका लागि बराबरी गोल फर्काउदै अंक खोस्न सहयोग गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE