ला लिगा: सेल्टा भिगोलाई पराजित गर्दै रियल सोसिडाड शीर्ष स्थानमा…

स्पेनिस ला लिगा फुटबलअन्तर्गत रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई पराजित गर्दै शीर्ष स्थानमा स्थापित भएको हो । सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा सोसिडाडले ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सोसिडाडलाई जित दिलाउन डेभिड सिल्भाको गोलमा २४औं मिनेटमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए । ३४औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै सोसिडाडको अग्रता २-० को बनाए ।

५४औं मिनेटमा विलियन जोसेले गोल गर्दै सोसिडाडलाई ३-० को अग्रता दिलाए । खेलको ७७औं मिनेटमा सेल्टाका इयागो आसपसले पेनाल्टीमा गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । तर, ८१औं मिनेटमा जोसेले व्यक्तिगत दोस्रो गोल गर्दै सोसिडाडलाई ४-१ को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको सोसिडाडले ८ खेलमा १७ अंक जोडेको छ । पराजित सेल्टा ६ अंक जोडेर १७ औं स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE