ला लिगा: हुएस्कामाथि रियल मड्रिडको सानदार जित…

स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा रियल मड्रिडले हुएस्कामाथि सानदार जित निकालेको छ। स्टेडियो अलफ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली रियल मड्रिडले ४-१ को फराकिलो जित निकालेको हो। मड्रिडको जितमा करिम बेन्जेमाले दोहोरो गोल गर्दा इडेन हजार्ड र फेडेरिको भालभर्डेले समान १/१ गोल गरे। रियल मड्रिडले खेलको ४० औं मिनेटमा हजार्डको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ४५ औं मिनेटमा बेन्जेमाले गोल गर्दा पहिलो हाफमा रियल २-० ले अघि रह्यो।

दोस्रो हाफमा भालभर्डेले मड्रिडको लागि गोल थपे। उनले खेलको ५४ औं मिनेटमा बेन्जेमाको पासमा गोल गरेका थिए। उता हुएस्काका लागि डेभिड फेर्रेइरोले ७४ औं मिनेटमा सान्त्वाना गोल फर्काए। त्यस्तै ९० औं मिनेटमा बेन्जेमाले ब्यक्तिगत दोस्रो गोल गर्दा रियलले ४-१ को सहज जित निकाल्यो। जितसँगै ७ खेलबाट १६ अंक जोडेको रियल तालिकाको शीर्षस्थानमा कायम भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE