ला लिगा: हुयस्कामाथि बार्सिलोनाको कठिन जित…

ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले कठिन जित हात पारेको छ । यस सिजन खराब लयबाट गुज्रिरहेको बार्सिलोनाले हुयस्कालाई १–० ले हराएको हो । हुयस्काको मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि फ्रान्की डे जोङले २७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेल अवधिभर हुयस्कालाई बार्सिलोनाले निकै दवावमा राखेपनि गोल गर्न नसकेको हो ।

जितसँगै १६ खेलबाट २८ अंक बनाएको बार्सिलोना वाचौँ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड भन्दा १० अंकले पछि छ । १७ खेलबाट १२ अंक बनाएको हुयस्का अंक तालिकाको पुच्छारमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE