लिंकडिनले सार्वजनिक गर्‍यो क्यारियर एक्सप्लोरर….

पेशाकर्मीहरुको मूख्य सामाजिक सञ्जाल लिंकडिनले कामको खोजीमा रहेका व्यक्तिहरुका लागि सहज हुने नयाँ फिचर क्यारियर एक्सप्लोरर सार्वजनिक गरेको छ । यो टुलको सहयोगमा रोजगारी खोज्न सहज हुनेछ । लिंकडिनले करियर एक्सप्लोररसँगै हायरिङ प्रोफाइल फोटो फ्रेम समेत ल्याएको छ । यो फ्रेमको सहयोगमा आवश्यक व्यक्तिहरु खोज्न सहज हुनेछ ।

विश्वव्यापी रुपमा करिब १४० मिलियन मान्छेहरुको रोजगार संकटमा परेको छ । यस्तो अवस्थामा लिङ्कडिनले प्रोफेसनलहरुलाई नयाँ क्यारियरको सुझाव र त्यसका लागी चाहिने सीपको पनि ज्ञान दिने गर्दछ ।

यो एपको माध्यमले कुन कुन क्षेत्रले अहिले कर्मचारी लिइरहेका छन भन्ने बारे थाहा हुन्छ् । यो नयाँ टूलले काम खोजिरहेको व्यक्तिहरुलाई रोजगारको अवसर उनीहरुकै फीडमा देखाउने गर्दछ ।

‘स्कील एसेसमेन्ट’ फिचरले पनि अहिले ट्रेन्डिङ् सीपहरु केके रहेका छन् भन्ने बारे जानकारी दिने गर्दछ । जसले गर्दा कर्मचारी वा अरुलाई काम खोज्न सजिलो हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE