लिग वान: घरेलु मैदानमा पीएसजी मोनाकोसँग २–० ले पराजित…

लिग वान फुटबल अन्तर्गत आइतबार मोनाकाले पीएसजीलाई स्तब्ध बनायो । पोचेटिनोको प्रशिक्षणमा पीएसजीको यो दोस्रो हार हो।  घरेलु मैदानमा भएको खेलमा साबिक विजेता पिएसजी मोनाकोसँग २–० ले पराजित भएको हो । भ्रमण टोली मोनाकोका लागि छैठौँ मिनेटमा डिओप तथा ५१ औँ मिनेटमा मारिपानले गोल गरेका हुन् ।

पिएसजीको प्रशिक्षकका रुपमा माउरिसिओ पोकेतिनोको यो दोस्रो हार हो । पराजित भएको पिएसजी २६ खेलबाट ५४ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको मोनाकोको समान खेलबाट ५२ अंक रहेको छ। आइतबार राति नै भएको खेलमा लोरिएन्तलाई ४–१ ले पराजित गरेको लिले २६ खेलबाट ५८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE