लिग वान: पीएसजीको फराकिलो जित,नेयमारको दुई गोल…

पीएसजीले शुरुवाती दुई खेल गुमाएपछि लगातार चौथो जित निकालेको हो । पहिलो र दोस्रो खेलमा लेन्स र मार्सेसँग समान १–० ले पराजित भएको पीएसजीले त्यसपछि जितको लय समात्दा मेट्जमाथि १–०, निसमाथि ३–० र रेइम्समाथि २–० को जित निकालेको थियो ।

पीएसजीको जितमा नेयमारले दुई गोल गर्दा एलेसान्द्रो फ्लारेन्जी, जुलियन ड्राक्सलर, इड्रिसा गाना गुआई र केलियन एमबाप्पेले गोल गरे । एन्जर्सका इस्माइल ट्राओरेले सान्वना गोल फर्काए ।

पार्क डि प्रिन्सेसमा शुक्रबार राति गोलको वर्षा भएको खेलमा घरेलु टोलीले खेलको सातौ मिनेटमा नै एलेसान्द्रो फ्लारेन्जीको गोलबाट अग्रता लिएको थियो । पेनाल्टी बक्समा इन्जो इबोसीले राम्रोसँग क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिदै फ्लोरेन्जीले गरेको भली प्रहार टप लेफ्ट कर्नरमा गोल भएको थियो ।

जितसँगै पीएसजी ६ अ‍ेलबाट १२ अंक जोडेर लिग वानको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल म खेलेको रेनिस १३ अंकसहित शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेका लिल, मोन्टपिलिएर, सेन्ट इटिएन, मोनाको र लेन्सको समान १० अंक छ । पराजित एन्जर्स ९ अंकसहित आठौं स्थानमा छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE