लिग वान: निम्समाथि पीएसजीको ३-० गोलको सहज जित…

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-०ले हराएको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे । जितसँगै तेस्रो स्थानमा रहेको पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । १५ अंक जोडेको निम्स तालिकाको पुछारमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE