लिग वान: निम्समाथि पीएसजीको ४-० को सहज जित…

फ्रेन्च लिग वान अन्तर्गत गएराती भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निम्समाथि सहज जित निकालेको छ। स्टेड डेस कोस्टिअर्समा भएको खेलमा पीएसजीले घरेलु टोलिमाथी ४-० को सहज जित निकालेको हो।

पीएसजीको जितमा किलियन एम्बापेले २ गोल गर्दा एलेसेन्ड्रो फ्लोरेन्जी र पाब्लाे सरबियाले समान १/१ गोल गरे। खेलको १२ औ मिनेट मै निम्सका लोइक लान्द्रे रेड कार्ड खादै बाहिरिए पछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो।

खेलको पहिलो हाफमा एम्बापेले पीएसजीलाई अग्रता दिलाएका थिए। उनले खेलको ३२ औ मिनेटमा गोल गरे। त्यस्तै दोस्रो हाफमा फ्लोरेन्जीले पीएसजीका लागि गोल थपे। उनले खेलको ७७ औ मिनेटमा गोल गर्दा ८३ औ मिनेटमा मिनेटमा एम्बापेले अर्को गोल थपे। त्यस्तै ८८ औ मिनेटमा सरबियाले गोल गर्दा पीएसजीले ले ४-० को सहज जित निकालेको हो। जित सगै ७ खेलबाट १५ अंक जोडेको पीएसजी अंकतालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ।

WRITE COMMENTS FOR THIS ARTICLE