लिग वान: निसलाई २-१ गोलले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा…

फ्रेन्च लिग वान फुटबलमा जितसँगै पीएसजी  शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति निसलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन जिलियन ड्राक्सलर र मोइस किनले एक एक गोल गरे । निसका रोनी लोपेसले एक गोल फर्काए ।

खेलको २२ औं मिनेटमा ड्राक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा निसका लोपेसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ७६ औं मिनेटमा किनले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । जितसँगै शीर्ष स्थानमा फर्किएको पीएसजीले २५ खेलमा ५४ अंक जोडेको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE