लिग वान: पीएसजीलाई १-० गोलले पराजित लिले लिगको शीर्ष स्थानमा

फ्रेन्च लिग वान फुटबल अन्तर्गत साविक विजेता पीएसजीलाई पराजित लिले लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा लिलेले पीएसजीलाई १-० गोलले हराएको हो । लिलेका लागि जोनाथन डेभिडले २० औँ मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो ।

खेलमा नेयमारलाई रेर्ड कार्ड दिइएको थियो । लिलेका खेलाडीलाई धकेलेपछि उनलाई दुई पहेँलो कार्डपछि रेर्ड कार्ड दिइएको हो । यस्तै लिलेकै टियागो डिजालोलाई पनि रेर्ड कार्ड दिइएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE