लिग वान: रेनेसमाथि पीएसजीको ३-० को सहज जित,डि मारियाको दुई गोल…

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेनेसमाथि सहज जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले ३-० को सहज जित निकालेको हो। पीएसजीको जितमा एन्जेल डि मारियाले दुई गोल र मोइस किनले १ गोल गरे।

घरेलु टोलीले खेलको ११ औं मिनेटमा डि मारियाको पासमा किनको गोल गर्दा पीएसजीले अग्रता बनाएको थियो। त्यस्तै २१ औं मिनेटमा डि मारियाले गोल गर्दा पहिलो हाफमा पीएसजी २ गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि डि मारियाले नै गोल थपे। उनले ७३ औं मिनेटमा गोल गर्दा पीएसजीले ३-० को सहज जित निकाल्यो। खेलमा पीएसजीका दुई स्टार खेलाडी किलियन एम्बाप्पे र नेइमार जुनियर चोटका कारण मैदानमा उत्रिएनन्। १० खेलबाट २४ अंक जोडेको पीएसजी लिगको अंकतालिकामा शीर्ष स्थानमा छ। त्यस्तै रेनेस १८ अंकसहित तेस्रो स्थानमा छ।

WRITE COMMENTS FOR THIS ARTICLE