लियोनका कप्तान डिपे बार्सिलोना जाने…

फ्रान्सेली लिग वान क्लब लियोनका स्ट्राइकर मेम्फिस डिपेले बार्सिलोनासँग सम्झौताका लागि सहमति गरेका छन् । लियोनका खेल निर्देशक जुनिन्होका अनुसार सोमबार डिपेको ट्रान्सफर पूरा हुनेछ । रोनाल्ड कोम्यानले लामो समयदेखि डेपेलाई क्याम्प नाउमा ल्याउने प्रयास गरेका थिए । २६ वर्षीय डेपेले २०१७ देखि लियोनका लागि खेल्दै आएका छन् । उनले गत सिजन लियोन च्याम्पियन्स लिगको सेमिफाइनल पुग्दा महत्वपूर्ण भुमिका खेलेका थिए ।

“लियोनमा मेम्फिस डिपेको सम्झौताको अन्तिम वर्ष हो । उनी बार्सिलोना जान सहमत भए,” जुनिन्होले भने, “उनी सम्भवतः लियोनबाट बाहिरिने छन् । तर उनी क्लबमै रहिरहेमा मलाई आशा छ उनले हामीलाई खेल जित्न मद्दत गर्नेछन् ।”

उनले थपे, “यदि उनी हामीसँग बस्न चाहन्छन भने मलाई आशा छ कि उनीसँग पिचमा प्रतिक्रिया गर्ने व्यक्तित्व छ । यदि उनी जान चाहन्छन् भने जान्छ । अन्यथा उनी यहि रहन्छन् ।” ट्रान्सफर विन्डो बन्द हुनुभन्दा अघि लिओनले कम्तिमा एक खेलाडी गुमाउनु पर्ने देखिन्छ । तर, लियोनले जुभेन्टसका फुल–ब्याक मटिया डे सिग्लियोलाई अनुबन्ध गर्न खोजिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE