लियोनका कप्तान मेम्फिस डिपाए बार्सिलोना आउने…

फ्रान्सेली क्लब लियोनका कप्तान मेम्फिस डिपाए क्याटलान क्लब बार्सिलोना आउने भएका छन् । डिपाए र बार्सिलोनाबीच व्यक्तिगत सम्झौताको विषयमा सहमति भइसकेको अवस्थामा दुई क्लबबीच ट्रान्सफर रकमलाई लिएर सहमति हुन सकेको थिएन । बार्सिलोनाले ३० मिलियन युरोको प्रस्ताव राखेसंगै लियोनले त्यसलाई स्वीकार गरेको छ । प्रशिक्षक कोम्यानले आफूसंग राष्ट्रिय टोलीमा खेल्दै आएका डिपाएलाई आफ्नो मुख्य रोजाईको रुपमा राखेका थिए ।

२६ वर्षीय डिपाएले सन् २०१७ मा म्यानचेस्टर युनाइटेड छोडेर लियोनसंग सम्झुता गरेका थिए । उनले लियोनबाट ५७ गोल गरेका छन् । गत सिजन च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म पुग्दा डिपाएले प्रभावशाली प्रदर्शन गरेका थिए । लियोनले युभेन्टस र म्यानचेस्टर सिटीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेपनि घरेलु लिगमा भने लियोनले अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । फ्रान्सेली लिगको २८ औं चरणको खेल सकिंदा टोली सातौं स्थानमा थियो । फ्रान्सेली लिग त्यसै अवस्थामा रद्द भएपछि लियोन यस सिजन च्याम्पियन्स लिगका लागि छनोट भएन । त्यसैले पनि डिपाएले आफू बार्सिलोना जान चाहेको क्लबलाई प्रष्ट पारेका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE