लियोनल मेसी भन्छन् : “बालोन डि’ओरको ड्रिम टिममा परेकोमा खुसी लागेको छ”

बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले आफू बालोन डि’ओरको ड्रिम टिममा परेको खुसी लागेको बताएका छन् । फ्रेन्च खेल पत्रिका फ्रान्स फुटबलले हरेकवर्ष प्रदान गर्दै आएको यो अवार्ड यसपटक कोराना भइरसका कारण प्रदान गर्न नसके पछि ड्रिम टिम घोषणा गरेको हो ।

संसारभरका खेल पत्रकारले दिएको अनलाइन भोटिङको आधारमा विश्व फुटबलका हस्तीलाई समेट्दै बालोन डि’ओर ड्रिम टिम घोषणा गरिएको फ्रान्स फुटबलले जनाएको छ । अनलाइन भोटिङमा विश्वभरका १४० खेल पत्रकारको सहभागिता थियो ।

६ पटकका बालोन डि’ओर विजेता मेसीले इन्टाग्रममा पोस्ट गरेका छन्, ‘साच्चै यो टिममा विश्वका उत्कृष्ट खेलाडी छन् । मलाइ पनि योग्य ठानेर यो टिममा छान्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।’

लेभ यासिन (रसिया)

पाओलो मल्दिनी (इटाली),

काफु (ब्राजिल),

फ्रेन्ज बेकनबाउर (जर्मनी),

डिएगो म्याराडोना (अर्जेन्टिना),

जाभी (स्पेन),

लोथर म्याथ्युज (जर्मनी),

पेले (ब्राजिल),

रोनाल्डो (ब्राजिल),

लियोनल मेसी (अर्जेन्टिना)

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

WRITE COMMENTS FOR THIS ARTICLE