लियोनल मेस्सीको भविष्य अझै अन्योलमै…

अर्जेन्टिना चथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको भविष्य अझै अन्योलमै रहेको छ । उनी बार्सिलोनामै रहने वा अरु क्लबमा जानेबारे पनि प्रष्ट भैसकेको छैन । यस्तैमा प्रिमीयर लिग क्लब म्यानचेस्टर सिटीले मेस्सीलाई अनुबन्ध गर्नका लागि फेरी प्रयास थालेको छ ।

सिटीले मेस्सीलाई अनुबन्ध गर्नका लागि अर्को कदम चालेको छ । २०२० मा पनि मेस्सीलाई अनुबन्ध गर्नका लागि इच्छुक रहेको सिटीले मेस्सीलाई ५ वर्षका लागि अनुबन्ध गर्न ६०० मिलियन पाउण्ड बराबरको प्रस्ताव राख्न लागेको हो । युईएफए च्याम्पियन्स लिग अन्तिम १६ मा पीएसजीसँग ४–१ ले पराजित हुनु र मेस्सीले खेलमा खासै जादु देखाउन नसक्नुले पनि मेस्सीको भविष्य बार्सिलोनामा अन्योल रहेको प्रष्ट पारिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE