“लियोनल मेस्सी बार्सिलोनामै बस्छन्”: अध्यक्ष जोन लापोर्टा

स्पेनिस कल्ब बार्सिलोनाको नयाँ निर्वाचित अध्यक्ष जोन लापोर्टाले कप्तान लियोनल मेस्सी बार्सिलोनामै रहने बताएका छन् । क्लबको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक मेस्सीबारे बोल्दै लापोर्टाले उनी क्लबमै रहने विश्वास व्यक्त गरेका छन्। गत महिना भएको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका थिए ।

‘हामीसँग ईतिहासका सर्वश्रेष्ठ खेलाडीहरू थिए । हामी सफल भयौं किनकी हामीसँग स्थिरता थियो,’ लापोर्टाले भने, ‘बार्सिलोनाको एकता जसले स्थिरता दिन्छ र म सबैलाई आमन्त्रण गर्छु की बार्सिलोनाका लागि के गर्न सक्छौ ।’

 

WRITE COMMENTS FOR THIS ARTICLE