लुइस सुआरेजलाई कोराना संक्रमण,बार्सिलोना र ब्राजिलविरुद्धको खेल गुमाउने पक्का…

उरुग्वे स्ट्राइकर लुइस सुआरेजले आफ्नो पूर्वक्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् । उनले स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति हुने खेल गुमाउने भएका हुन् । अन्तर्राष्ट्रिय ब्रेकमा राष्ट्रिय टोलीमा सहभागी भएका सुआरेज कोरोना भाइरस संक्रमण भएपछि बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका हुन् । उरुग्वे फुटबल संघले सुआरेज कोराना संक्रमण भएको पुष्टि गरेको छ ।

संघले एटलेटिको मड्रिडका स्ट्राइकर सुआरेजको स्वास्थ्य सामान्य रहेकोसमेत जानकारी दिएको छ । हाल उनलाई एकान्तबासमा राखेको छ । त्यस्तै सुआरेजले विश्वकप छनोटअन्तर्गत मंगलबार बिहान हुने ब्राजिलविरुद्धको खेल पनि गुमाउनेछन् । खेल उरुग्वेको घरेलु मैदानमा बिहान ४:४५ बजे सुरु हुनेछ ।

उरुग्वेका गोलकिपर रोड्रिगो मुनोज र ब्याकरूम स्टाफ सदस्य माटियास फरललाई पनि कोरोमना संक्रमण भएको छ । एयूएफले एक विज्ञप्तिमा भनेको छ, “उरुग्वे फुटबल संघले रिपोर्ट गरेको छ स्वाब संकलन भइएका सबै सदस्यको रिपोर्ट आएको छ । परिणामस्वरूप खेलाडी लुइस सुआरेज, रोड्रिगो मुनोज र अफिसियल सदस्य माटियास फराललाई कोरोना संक्रमण भएको छ ।

अन्य सबै परीक्षणहरू भने नकारात्मक आएका छन् । उल्लेख गरिएका तीन सदस्यको स्वास्थ्य राम्रो छ र उनीहरुलाई सम्बन्धित उपायहरू लागु गरिसकिएको छ ।”

WRITE COMMENTS FOR THIS ARTICLE