लुइस सुआरेज एट्लेटिको म्याड्रिडमा अनुबन्धित…

फरवार्ड लुइस सुआरेज स्पेनिस क्लब बार्सिलोनाबाट अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन्। उनीसँग एट्लेटिकोले ६ मिलियन युरोमा २ वर्षको सम्झौता गरेको छ। बार्सिलोनाले सुआरेजलाई एट्लेटिको म्याड्रिडमा आबद्ध हुन बुधबार मात्र अनुमति थियो।

यसअघि बार्सिलोनाले उरुग्वेका फरवार्ड सुआरेजलाई आफ्नो प्रतिद्वन्द्वी क्लबमा जानका लागि सहमति दिएको थिएन। सुआरेज इटालियन क्लब युभेन्ट्समा आबद्ध हुने प्रक्रिया पनि पासपोर्टका कारण रोकिएको थियो। बार्सिलोनाका सहकर्मी स्टार खेलाडी लिओनल मेसीले क्लब छाड्ने मुड बनाएपछि सुआरेज पनि दोस्रो क्लबको खोजीमा थिए।

सुआरेज सन् २०१४ मा ७४ मिलियन पाउन्डमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएका थिए। त्यसयता उनले बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरे। लिभरपुलबाट बार्सिलोना पुगेसँगै उनको करिअरले गति लिएको थियो। मेसी र नेइमारसँग उनको जोडी खुब जमेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE