लुका मोडरिच २०२२ सम्म रियल मड्रिडमै बस्ने पक्का…

रियल मड्रिडका मिडफिल्डर लुका मोडरिच थप एक वर्ष  मड्रिडमै बस्ने भएका छन् ।  मड्रिडमा बस्नका लागि मोडरिच सहमतिमा पुगेको स्पानिस अनलाइन मार्काले जनाएको छ । मोडरिचको वर्तमान सम्झौता २०२१ जुनमा सकिँदैछ । क्रोसिएन अन्तर्राष्ट्रिय खेलाडी मोडरिचले अब आफ्नो सम्झौतामा एक वर्ष नवीकरण गर्नेछन् । जसको अर्थ उनी २०२२ जुन ३० सम्म सान्टियागो वर्नाबेउमा रहनेछन् ।

अर्को सिजनको अन्त्यमा उनको नविकरण सम्झौता समाप्त हुँदा मिडफिल्डर मोडरिचले  मड्रिडमा एक दशक पूरा गर्नेछन् । उनी सन् २०१२ मा टोटनहमबाट रियलमा पुगेका थिए । साढे ८ वर्ष बिताउँदा ३५ वर्षीय मोडरिचले चार पटक युरोपियन च्यम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै दुई स्पानिस ला लिगा लगायत अरु उपाधि पनि जितेका छन् । यस्तै उनले व्यक्तिगत बालोन डे ओर अवार्ड समेत जिते ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE