वडा कार्यालयमा नेपाली काँग्रेसको तालाबन्दी

धादिङ्ग । राहत वितरणमा समानुपातिक नभएको भन्दै सिद्धलेक गाँउपालिका वडा नं ७ का काँग्रेसनिकट वडाध्यक्ष लगायत काँग्रेस कार्यकर्ताहरुले विज्ञप्ती जारी गर्दै वडा कार्यालयमा ताला लगाएका छन् । कोरोना भाइरस संक्रमण र देशभरी  जारी गरिएको लकडाउनबाट उत्पन्न परिस्थितीको सामना गर्न नेपाल सरकारको केन्द्रिय राहत वितरण मापदण्डलाई बेवास्ता गरी मनोमानि तरिकाले राहत वितरण गरिएको भन्दै वडा कार्यालय बन्द गराएका हुन् ।

वडा नं ७ का अध्यक्षले गोप्य रुपमा सिमित व्यक्ति तथा आफ्ना मानिसलाई पूर्वाग्रही ढंगले ५० घर धुरीलाई राहत वितरण गरेको भनि नेपाली काँग्रेस वडा कमिटीले आरोप लगाएको छ । उक्त मनोमानि नेपाल सरकारको केन्द्रिय राहत वितरण मापदण्ड अनुशार न्यायोचित र पारदर्शी ढंगले राहत वितरण कार्य तत्काल नगरे नेपाली काँग्रस कठोर कदम चाल्न बाध्य हुनेछ भनि उक्त विज्ञप्तीमा भनिएको छ ।

सो विज्ञप्ती सिद्धलेक गाँउपालिका वडा नं ७ नेपाली काँग्रसका सभापति र सह सभापतिको संयुक्त हस्ताक्षर सहित वडा कार्यालयमा टाँसिएको छ। वडा अध्यक्ष लक्ष्मण खतिवडाको कामप्रति असन्तुष्टि जनाउँदै काँग्रेसका जनप्रतिनिधि आन्दोलिन भएका हुन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE