वल्भ्सका फरवार्ड डिएगो जोटा लिभरपुलमा अनुबन्धित…

प्रिमियर लिग क्लब वल्भ्समा दुई सिजन बिताएका २३ वर्षीय जोटालाई लिभरपुलले ४१ मिलियन पाउन्डमा ५ वर्षको लागि सम्झौता गरेको हो । जोटा २०१८ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट वल्भ्स आएका थिए । लिभरपुलमा अनुबन्ध भएसँगै जोटाले लिभरपुल आउनु आफ्नो र परिवारको लागि उत्साहित समय रहेको बताएका छन् । जोटाले लिभरपुलमा २० नम्बरको जर्सी लगाउने छन् । वल्भ्समा स्थायी अनुबन्ध हुनुअघि जोटाले एक सिजन लोनमा खेलेका थिए । जतिबलो वल्भ्स दोस्रो डिभिजनमा रहेको थियो ।

जोटाले वल्भ्सका लागि १ सय ४१ खेलमा ४४ गोल गरेका थिए । गत सिजन उनले वल्भ्सबाट ४८ खेलमा १६ गोल गरेका थिए । जोटाले पोर्चुगलबाट चार अन्तर्राष्ट्रिय खेल खेल्दै १ गोल समेत गरिसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE