वायन रुनी :-“प्रिमियर लिगबाट भीएआर हटाउनुपर्छ”

म्यानचेस्टर युनाइटेडका वायन रुनीले प्रिमियर लिगमा भीएआरको प्रयोग रोक्नुु पर्ने अभिब्यक्ति दिएका छन् । हाल इंग्लिस फुटबलको दोस्रो श्रेणीको क्लब डर्बी काउन्टीका प्रशिक्षक रहेका रुनीले भीएआरलाई खेलाडी तथा समर्थकले नरुचाएको बताए । प्रिमियर लिगमा भीएआरले दिने धेरै निर्णय चित्तबुझ्दो हुँदैनन् । जसले सर्मथक तथा खेलाडीलाई निराश बनाइरहेको हुन्छ । मलाई लाग्छ प्रिमियर लिग भीएआर बिना नै रमाइलो थियो, रुनीले मंगलबार नियमित पत्रकार सम्मलेनमा भने ।

युनाइटेडका पूर्व स्ट्राइकर रहेका रुनीले खेल दौरान रेफ्रीले गलत निर्णय दिनसक्ने भएपनि उनीहरुलाई सम्पूर्ण जिम्मेवार दिनपर्ने बताए । भीएआरका कारण खेल हेरिरहेका सर्मथकको ध्यान भङग हुने रुनीको भनाई थियो । ‘खेलमा डुबिरहेका सर्मथक भीएआरले खेल रोक्दा निराश देखिन्छन् । सर्मथक र खेलको कनेक्सन नै हराएको जस्तो अनुभव हुन्छ,’ रुनीले भने ।

 

WRITE COMMENTS FOR THIS ARTICLE