विद्यार्थी संगठनको अस्तिव

इतिहासको कालखण्डमा ठूलाठूला परिवर्तनको नेतृत्व गरेका विद्यार्थी संगठनहरु कालान्तरमा कसरी रछ्यानमा मिल्कँदा रहेछन् भन्ने साक्षी आजको युवा पुस्ता छ । राजनैतिक परिवर्तनसंगै मुल्यवृद्धि, विद्यार्थी सहुलियत, राष्ट्रियता लगायतका सयौं आान्दोलनको नेतृत्व गरेर सही निश्कर्ष सम्म पुर्याएका विद्यार्थी संगठन किन आज आज विकर्षणको शिकार बने ? गम्भीर सवाल हाम्रो अगाडी पहाड बनेर उभिएको छ जसको चित्त बुझदो उत्तर हामीले खोज्नै पर्छ ।

१. बदलिदो सामाजिक, आर्थिक, राजनैतिक परिवेश

नेपालको साक्षरता प्रतिशतको स्तर अहिले ७० प्रतिशत पुग्न थालेको छ भने प्रतिव्यक्ति आम्दानीको दर पनि  ४७०० को हाराहारीमा नै छ । विप्रेषण मा थेगीएको आर्थिक बृद्धिका आफनै जटिलताहरु होलान यद्यपि यतिले मात्रै पनि समाजका सोच्ने शैलिमा परिवर्तन गरिदिएको छ । १० बर्षे जनयुद्ध १९ दिने जनआन्दोलन र त्यसपछिको विभिन्न संघर्षहरु यसका मुख्य आधार हुन । यसले मानवलाई आफनो मुल्य वोध र प्रतिरोध सिकाएको थियो संगै परिवर्तन प्रतिको वेग पनि । यसको संस्थागत नहुँदा तथा विज्ञान र प्रविधिको विकासले सुसुचित जनसमुदाय आर्थिक विकासको अभावमा राजनैतिक दल र नेतृत्व प्रति असाधारण ढंगबाट सम्वन्ध विच्छेद हुन पुगे । यसको पहिलो सिकार स्वभाविक हिसावले विद्यार्थी संगठन र नेतृत्व हुन पग्यो । सामाजिक संजाल, रेडियो टभी, पत्रपत्रिकाहरुको बाढिले निमेश निमेशका घटना र समस्याहरुको प्रवाहबाट सुसुचित युवापुस्ताको  परिवर्तनकारी जोशलाई संगठनले चिन्न सकेनन् । जसको कारण आज राजनैनिक दल र संगठन प्रति विद्यार्थीहरको आकर्षण तिव्ररुपमा घट्दै छ ।

२. चन्दा असुली, दलाली र ठेक्कापट्ठीको राजनिती

विद्यार्थी संगठमा लागेपछि रातारात धनि बन्ने सपना नेताहरुले देख्न थाले पछि मुल्य मान्यता आदर्श संघर्ष र प्रतिरोधको राजनितीले कसरी विगठनको बाटो लिंदो रहेछ माओवादी आन्दोलनले स्पष्ट पार्दछ । त्यही स्तरको  अनुकरण आज समग्र विद्यार्थी  संगठनले गरिरहेका छन् । महिना मर्दा कोठा भाडा  तिर्न नसक्ने विद्यार्थी नेताहरु क्सरी रातारात लाखौंका मालिक बन्छन ? ऋण काडेर काठमाडौ पढन आएको सुदुरपुर्व वा पश्चिमको विद्यार्थी, संगठनमा लागेपछि एकैं वर्षमा महंगो बाइक, मोवाइल ल्यापटपको मालिक कसरी बन्छ ? यसको चित्त बुझ्दो उत्तर कुनै संगठन संग छ ?  उत्तर सहज छ र धेरै दिमाग खियाउन पदैन । संगठनको आड लिएर  चन्दा कै भरमा लाखौं आम्दानी हुन्छ भने किन अध्ययन गर्ने, किन रोजगारी गर्ने? किन श्रम गर्ने ? त्यसले सिर्जना गर्ने राजनैतिक शक्ति कस्तो बन्ला हामी सहज अनुमान गर्न सक्छौं । बिडम्बनाको कुरो के हो भने अख्तियारले छापा मार्ने हो भने आजका दिनमा कुनै मुख्य संगठनको नेता जेलको कोठरी नगएको होस । समुह बनाउने, ठेक्कापट्ठा गर्ने , अपहरण गर्ने फिरौती रकम संकलन गर्ने, चन्दा असुल्ने मान्छे विद्यार्थी नेता भएपछि अनी त्यस्ता संगठनको पछि को लाग्छ ? त्यसको दिशा कस्तो र कता होला ? सवाल आजको सबै समकालीन प्रमुख विद्यार्थी संगठनहरुको हो र यस बाट कोहि अछुतो छैन ।

३. अशैक्षिक, वृद्ध र बाहुवल प्रयोग गर्नेहरुको केन्द्र

दुइ चार पटक परिक्षामा फेल भएपछि नक्कली परिक्षार्थी लाई परिक्षा दिन लगाउने ,शक्तिको दुरुपयोग गर्ने , परिक्षाकेन्द्र आफुले पायक परेको ठाउँमा तोक्न लगाउने जस्ता अशैक्षिक तथा अप्राज्ञीक काम आजका विद्यार्थी संगठनहरुको महत्वपूर्ण र जल्दाबल्दा काम हुन । विद्यार्थी संगठनको नेतृत्व कसले गर्दै छ भन्ने हेर्ने हो भने ४० काटेको वा त्यसको वरिपरि भएकाले नै गरिरहेका छन । जसले प्रतिभाको नष्ट मात्र गर्दैन, शैक्षिक प्राज्ञिक वातावरणको वन्ध्याकरण नै गर्छ । सभापति हुन दशकौं कुरेर बस्ने र अध्यक्ष हुन कपाल फुलाउनै पर्ने समस्या आजको विद्यार्थी संगठनको विशेषता हो । यो एउटा गम्भीर र व्यवस्था जन्य समस्याको रुपमा विद्यार्थी आन्दोलनमा जकडिएको छ ।  जसले प्रतिभासालि, क्षमताबान र ताजा नेतृत्वको विकासमा विलम्व बनाएको छ ।

४. असिमीत क्षेत्राधिकार

स्ववियु खोल्न पाउने संगठन निर्माण गर्ने विद्यार्थीका आधारभुत अधिकार हुन भन्ने कुरामा कुनै शंका छैन । तर आज विद्यार्थी संगठन यसको चरम दुरुपयोग गरिरहेका छन । हरेक क्षेत्रमा विद्यार्थी संगठनले हस्तक्षेप गरिरहेका हुन्छन तर त्यो शैक्षिक, प्राज्ञिक स्तर विकासको निम्ती होइन आफना ससाना निहित स्वार्थ पूर्तिका लागि । यसर्थ विद्यार्थी संगठनको कार्यक्षेत्रलाई स्पष्ट पारि अवाञ्छित गतिविधि गर्ने विद्यार्थी तथा संगठनको खारेजीको व्यवस्था गरिनु पर्छ ।

५. दिशा र गति विहीनता

अर्कमण्यता आजको विद्यार्थी आन्दोलनको विशेषता हो । राज्य किन असफल हुन्छ भन्ने पुस्तकमा रविन्सन र एशेमोग्लु ले संगठन को जीवन संस्थागत भएको छ की छैन भन्ने सवालले  देश सफल बन्छ की बन्दैन भनेका छन । त्यसैले राजनैतिक दल वा तिनका भातृ संगठनको संस्थागत जीवनले तिनीहरुको दिशा र गतिलाई देखाउँदछ । संस्थागत जीवन कम्पास हो जसले कता जाने निर्देश गर्छ । अयोग्य असक्षम र कहीँकतै संयोजन हुन नसक्ने नेतृत्वले दिशा निर्देशीत गर्ने कुरा नै आउँदैन । संगै स्पष्ट निती योजना र कार्यक्रम को लागि कुशल र सक्षम नेतृत्वको आवश्यकता पर्छ जसले सही एजेण्डाको उठान गदैं लक्ष्य सम्म लैजान हमेशा प्रयत्न गर्छ । तर आज शैक्षिक एजेण्डा मागी खाने भाँडो भएको छ । जव निश्चित एजेण्डामा संघर्ष शुरु हुन्छ अनी मुख्य नेतृत्वले मोलमोलाई शुरु गर्छ । यो आरोप नभई सरोकारवालाहरुको साझा भोगाई हो ।

WRITE COMMENTS FOR THIS ARTICLE