वियोन्ससँग नयाँ गीत गाउँदै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ

‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीसँग बरिष्ठ कलाकार मदनकृण श्रेष्ठले नयाँ गीत गाउने भएका छन् । वियोन्स फमासीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग मिलेर उनले अर्को गीत गाउन लागेकी हुन्। यसअघि मदनकृष्णले गाएको फूलबुट्टे सारी गीत सुनेपछि बियोन्सेले त्यसलाई पुनः गाएकी थिइन्।
श्रेष्ठले बिहिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै वियोन्ससँग नयाँ गीत गाउने तयारी गरेको जानकारी दिएका हुन् । ‘हामीले गाएको गीत ‘फुलबुट्टे सारी’ वियोन्सले पनि गाइन् । त्यसपछि यो गीतले अन्तर्राष्ट्रिय करणको रुप लिएको महसुस गरिएको छ’ श्रेष्ठले अगाडि लेखेका छन् ‘अब वियोन्स र म मिलेर अर्को एउटा युगल गीत गाउने तरखरमा छौं ।’

 

WRITE COMMENTS FOR THIS ARTICLE