विरोधपछि अक्षय कुमार अभिनित चलचित्रको नाम ‘लक्ष्मी बम’बाट ‘लक्ष्मी’ राखियो…

नोभेम्बर ९ मा नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । तर, चलचित्र रिलिजको केही दिन अगाडि मात्र यसको निर्माणपक्षले नाम परिवर्तन गरेको छ । अब, यो चलचित्रको नाम ‘लक्ष्मी बम’बाट ‘लक्ष्मी’ राखिएको छ । चलचित्रको नामको बिषयमा करणी सेनाले विरोध जनाएपछि नाम परिवर्तन गरिएको हो ।

हिन्दु समुदायको भावनामा ठेस पुर्याएको भन्दै करणी सेनाले विरोध जनाएको थियो । चलचित्रको निर्माण टिमलाई करणी सेनाले कानुनी सुचना समेत पठाएको थियो । भारतीय सेन्सर बोर्डसँगको सल्लाहमा निर्माताले नाम परिवर्तन गर्ने निर्णय गरेका हुन् । चलचित्रको नाम परिवर्तन गरेर यसको निर्माणपक्ष विरोधबाट बचेको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको हाइप निकै बढेको छ । तुसार इन्टरटेन्मेन्ट हाउस र सविना इन्टरटेन्मेन्टले यो चलचित्रको निर्माण गरेको हो । चलचित्रमा अक्षय कुमार र नायिका कियरा आडवाणीको मुख्य भूमिका छ ।

WRITE COMMENTS FOR THIS ARTICLE