विलियनमाथि सामाजिक सञ्जालमार्फत रंगभेदी आक्रमण…

आर्सनलका मिडफिल्डर विलियनमाथि सामाजिक सञ्जालमार्फत रंगभेदी आक्रमण भएको छ । ३२ वर्षका ब्राजिलियन खेलाडी विलियनले आफूलाई आएको रंगभेदी म्यासेजको स्क्रीनसट इन्स्टाग्राममा साझा गरेका हुन् ।

रंगभेदी तथा घृणा फैलाउनेहरुलाई खेलको कुनै पनि पक्षलाई त्यस अनुसार सामान्यीकरण गर्न नदिने आर्सनलले जनाएको छ । यसअघि म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सलले पनि यस्तै खालको रंगभेदी म्यासेज पाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE