विवाहपछिको नयाँ लुक्समा काजल…

‘सिंघम’ अभिनेत्री काजल अग्रवालले हालै ब्यवसायी गौतम किचलुसँग विवाह गरेकी हुन् । उनको विवाह तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । काजल आफैंले पनि विवाह समारोहको फरक–फरक क्रियाकलापको तस्बिर फ्यानका साथ शेयर गरिरहेकी छन् ।

मेहन्दी, हल्दीको अलवा काजलले अहिले विवाहपछि महत्वपूर्ण मानिएको गौर पूजाको केही तस्बिर समेत शेयर गरेकी छन् । पूजामा काजलले चम्किलो कलरको ग्रीन लेहेङ्गा लगाएकी छन् ।

जसमा उनी निकै सुन्दर र आकर्षक देखिएकी छन् । उनको यो ड्रेस डिजाइनर अनिता डोन्गरेले गरेका हुन् । ड्रेसका साथ उनले अनिताकै ब्राण्डको गहना र पोनी हेयरस्टाइल समेत बनाएकी छिन् । यो गेटअपमा उनले केही तस्बिर पोज समेत दिएकी छन् । जसलाई फ्यानले मन पराएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE