विश्वकप छनोट: आज पोर्चुगल र सर्विया भिड्दै

विश्वकप फुटबल छनोट अन्तर्गत आजराति १० खेल हुँदैछन्। समूह ‘ए’ मा रहेको पोर्चुगलले आफ्नो दोस्रो खेल सर्वियासँग खेल्दै छ। सर्वियाको घरेलुमैदानमा हुने खेल नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ।  दुवै टिमले पहिलो खेलमा जित निकालेका थिए।

पोर्चुगलले अजरबैजानलाई १–० गोलअन्तरले पराजित गरेको थियो भने सर्वियाले आयरल्यान्डलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो। स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदानमा उत्रिने पोर्चुगल लगातार दोस्रो खेलमा जित निकाल्ने दाउँमा छ। यता, सर्विया भने आफ्नै मैदानमा पोर्चुगललाई रोक्ने प्रयासमा हुनेछ।

 

WRITE COMMENTS FOR THIS ARTICLE