विश्वकप छनोट: इङल्याण्डको लगातार दोस्रो जित

विश्वकप छनोट फुटबल  अन्तर्गत गएराति भएको दोस्रो खेलमा इंग्ल्याण्डले अल्बानियामाथि जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले अल्बानियालाई उसकै मैदानमा २(० गोलले पराजित गरेको हो । इंग्ल्याण्डका लागिह्यारी केनले ३८औं मिनेटमा र मासन माउन्टले ६३औं मिनेटमा गोल गरे । यस्तै ह्यारी केनले उक्त गोलसँगै इंग्ल्याण्डका लागि ३३ अतर्राष्ट्रिय गोल गरेका छन् ।

जितसँगै इङल्याण्ड समुह आइमा २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल्बानियाको भने २ खेलमा ३ अंक रहेको छ । अब इङल्याण्डले विश्वकप छनोट अन्तर्गत अर्को खेल अप्रिल १ मा पोल्याण्डविरुद्ध खेल्दै छ ।

WRITE COMMENTS FOR THIS ARTICLE