विश्वकप छनोट खेलमा ह्याट्रिक गरेपछि रोनाल्डोले गरे नेयमारको प्रशंसा…

ब्राजिलियन फुटबल लिजेन्ड रोनाल्डोले देशका लागि धेरै गोल गर्ने गोलकर्ताहरुको सूचीमा दोस्रो बन्न सफल भएकोमा नेयमारलाई बधाई दिँदै उनको प्रशंसा गरेका छन् । विश्वकप क्वालिफाइङमा पेरुविरुद्ध गरेको ह्याट्रिकसँगै नेयमार देशका सर्वाधिक गोलकर्ताहरुको सूचीमा दोस्रो स्थानमा उक्लेका थिए । २८ वर्षीय नेयमारको अन्तर्राष्टिय गोल संख्या ६२ पुगेको छ । अब उनीभन्दा अगाडि पेले मात्र छन्, जसको नाममा ७७ वटा अन्तर्राष्ट्रिय गोल छन् ।

यसअघि दोस्रो स्थानमा रहेका रोनाल्डो तेस्रो स्थानमा झरेका छन् । आफ्नो करिअरमा दुईवटा विश्वकप फुटबलको उपाधि उचालेका रोनाल्डोले सामाजिक सञ्जालमा नेयमारको खुलेर प्रशंसा गरे । ‘नेयरमारलाई मेरो पूरापुर सम्मान छ । उनी एकदमै धेरै खेल्छन्, अरुलाई पास मिलाउँछन्, छक्याउँछन्, प्रहार गर्छन् । तिम्रो लागि खुल्ला आकाश छ, जति सक्छौ उड बाबु ।’

रोनाल्डो थप्छन्, ‘तिमी कति सुन्दर कथा लेखिरहेका छौ । एउटा पूर्ण तथा बढ्दो रुपमा परिपक्क खेलाडी । कहिलेकाहीँ मैदानबाहिरको दबाब मैदानभित्रको भन्दा चुनौतिपूर्ण हुन्छ । अब तिमी मलाई भन, हामी कहाँबाट कहाँ आइपुग्यौ ? असम्भव के छ ? तिमी आफ्नो प्रतिभामा विश्वास गर । यो तिमीबाट कसैले खोस्न सक्दैन । तिमीले अरु पनि धेरै रेकर्डहरु बनाउनु छ । नेयमारले आफ्नो देशका लागि तीन वा सोभन्दा बढि गोल गरेको त्यो चौंथोपटक थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE