विश्वकप छनोट: घरेलु मैदानमा जर्मनी मेसेडोनियासँग २–१ गोलले पराजित

विश्वकप छनोट फुटबल अन्तर्गत जर्मनी मेसेडोनियासँग पराजित भएको छ। गएराति भएको खेलमा जर्मनी नर्थ मेसेडोनियासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

जर्मनी घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–० गोलले पछि भएको जर्मनी दोस्रो हाफमा २–१ गोलले पराजित भएको हो । पहिलो हाफको इन्जुरी समयमा गोरान पाण्डेभले गोल गर्दै मेसेडोनियालाई अग्रता दिलाएका थिए ।

 

खेलको ६३ औं मिनेटमा घरेलु मैदानमा इल्के गुन्डोगानले पेनाल्टी मार्फत बराबरी गोल फर्काए । ८५ औं मिनेटमा एल्जिफ इल्मासले गोल गर्दै मेसेडोनियालाई २–१ को जित दिलाए ।

जितसँगै मेसेडोनियाले ३ खेलमा ६ अंक जोडेको छ । मेसेडोनिया समूह ‘जे’ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE