विश्वकप छनोट: घरेलु मैदानमा टर्कीसँग स्तब्ध नर्वे,३–० गोल अन्तरले पराजित

विश्वकप फुटबल छनोट अन्तर्गत टर्कीले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा १० खेलाडीमा सिमित नर्वेलाई ३–० गोल अन्तरले पराजित गर्दै टर्कीले दोस्रो जित निकालेको हो ।

टर्कीका लागि ओजन तुफानले दुई गोल गरे भने काग्लर सोयुन्चुको नाममा एक गोल रह्यो । खेलको चौंथो मिनेटमा तुफानले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा काग्लरले गोल गर्दै टिमको अग्रता २–० को बनाए । त्यसपछि खेलको ५९ औं मिनेटमा तुफानले व्यक्तिगत दोस्रो गोल गर्दै टर्कीलाई ३–० को जित दिलाए ।

यस्तै खेलको ७९ औं मिनेटमा क्रिस्टियनले रातो कार्ड पाएपछि नर्वे १० खेलाडीमा समेटिएको थियो । जितसँगै समूह जीको टर्कीले २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE