विश्वकप छनोट: जर्मनीको लगातार दोस्रो जित

विश्वकप छनोट फुटबल अन्तर्गत जर्मनीले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा रोमानियालाई १-० गोल अन्तरले पराजित गर्दै जर्मनीले जित हात पारेको हो ।

जर्मनीको जितमा सर्जी गनाब्रीले निर्णायक गोल गरे । उनले खेलको १७ औं मिनेटमा काइ हाभर्टजको पासमा गोल गरे ।यस जितसँगै जर्मनी समूह जेको शीर्ष स्थानमा रहेको छ । जर्मनीले २ खेलमा ६ अंक जोडेको छ । रोमानिया २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE