विश्वकप छनोट: पोल्यान्डका दुई खेलाडीमा कोरोना संक्रमण

विश्वकप छनोट अन्तर्गत इङ्ल्यान्डविरुद्ध खेल्नुअघि पोल्यान्डको फुटबल संघले आफ्ना दुई खेलाडीमा कोरोना पोजिटिभ पाईएको बताएको छ। पोल्यान्डका रक्षक कामील पिएटकोस्की र मिडफिल्डर ग्रिजगोर्ज क्रिचोवाइकमा कोरोना पुष्टि भएको हो।

त्यस्तै विश्वकप छनोटका क्रममा पोल्यान्डका चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । संघले संक्रमित खेलाडीहरु अन्य खेलाडी तथा अधिकारीहरुसँग कति नजिक थिए भन्ने खुलाएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE