विश्वकप छनोट: बोस्निया र हर्जगोभिनामाथि फ्रान्सको कठिन जित

विश्वकप छनोट फुटबल अन्तर्गत फ्रान्सले बोस्निया र हर्जगोभिनामाथि कठिन जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले बोस्निया र हर्जगोभिनालाई १–० गोल अन्तरले हराएको हो । बोस्निया र हर्जगोभिनाको घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि ग्रीजम्यानले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको फ्रान्सका लागि ग्रिजम्यानले दोस्रो हाफमा गोल गरेका हुन् । उनले खेलको ६० औं मिनेटमा गरेको गोलकै कारण फ्रान्सले खेल जित्न सफल भएको हो । जितसँगै फ्रान्सले ३ खेलमा ७ अंक जोड्दै समूह ‘डी’मा फ्रान्स शीर्ष स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE