विश्वकप छनोट: वेल्समाथि बेल्जियमको ३–१ गोलको सहज जित

विश्वकप छनोट फुटबल अन्तर्गत बेल्जियमले वेल्सलाई पराजित गरेको छ। गएराति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। बेल्जियमका लागि केभिन डे ब्रुयन, थोर्गन हजार्ड र रोमेलु लुकाकुले गोल गरे भने वेल्सका लागि ह्यारी विल्सनले गोल गरे।

१० औं मिनेटमा ह्यारीले गोल गर्दै वेल्सलाई अग्रता दिलाए। तर, यो अग्रता वेल्सले कायमै राख्न नसक्दा हार ब्यहोरेको हो। खेलको २२ औं मिनेटमा केभिनले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरी दिलाए। २८ औं मिनेटमा थोर्गनले गोल गर्दै पहिलो हाफसम्म बेल्जियमलाई २–१ गोलको अग्रता दिलाए। ७३ औं मिनेटमा लुकाकुले पेनाल्टीबाट गोल गरेपछि बेल्जियमले ३–१ गोलको जित निकालेको हो।

 

WRITE COMMENTS FOR THIS ARTICLE