विश्वकप छनोट: सर्वियासँग बराबरीमा रोकियो पोर्चुगल

विश्वकप फुटबल छनोट अन्तर्गत पोर्चुगल सर्वियासँग बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा पोर्चुगलले सर्वियासँग २–२ गोलको बराबरी खेलेको हो। सर्वियाको घरेलु मैदानमा भएको खेलकम पपोर्चुगलका लागि डियागो जोटाले हिलो हाफमै २–० गोलको अग्रता बनाए पनि पोर्चुगलले जित निकाल्न सकेन। खेलको ११ औं मिनेटमा जोटाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। ३६ औं मिनेटमा उनले अर्को गोल गरेपछि पोर्चुगल पहिलो हाफसम्म २–० गोलले अघि रहेको थियो।

त्यस्तै सर्वियाका लागि एलेक्सजेन्डर मिट्रोभिच र फिलिप कोस्टिचले गोल गरे। दोस्रो हाफमा सर्वियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो। खेलको ४६ औं मिनेटमा एलेक्सजेन्डर र ६० औं मिनेटमा फिलिपले गोल गर्दै सर्वियालाई २–२ गोलको बराबरी दिलाए।

WRITE COMMENTS FOR THIS ARTICLE